सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट बाँकेमा एक पुरुषको मृत्यु

बाँके । कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । मधुवन नगरपालिका–७ बर्दियाका ४० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

ती पुरुषलाई मंसिर ४ गते भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनी होमआइसोलेसनमै बसेका थिए । अवस्था जटिल बनेपछि मंगलवारमात्रै भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएका थिए ।

उनको मंगलवार रातीनै साढे १० बजे मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पसर्न तेज वलीले जानकारी दिए । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका मृतक संख्या ४३५ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १७:०६