सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा २ संक्रमित थपिए, १ डिस्चार्ज

बाँके । बाँकेमा बुधवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका तीन वटा प्रयोगशालामा ६६ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्ज र बागेश्वरी ल्यावमा एकएक जनागरी दुईजनामा भाइरस संक्रमण पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् ।

योसँगै जिल्लामा कसल संक्रमितको संख्या १८ हजार ४ सय ६७ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १६ पुगेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १७:०४