सूचनाको शक्ति - The Power Of Information

        

भारतीय सेना प्रमुख सवार हेलिकोप्टर दुर्घटनाग्रस्त, ११ जनाको शव बरामद

बीबीसी । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावत सवार रहेको भारतीय सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाको ट्वीटअनुसार एमआई–१७बी५ हेलिकोप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटनाग्रस्त भएको हो ।

उक्त हेलिकोप्टरमा रावत पत्नीसहित १४ जना सवार रहेको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ । हालसम्म ११ जनाको शव बरामद गरिएको समाचारमा उल्लेख छ । दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूलाई उद्धार गरी अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खराब मौसमको कारणले दुघर्टना भएको पूर्वानुमान गरिएको छ । दुघर्टनाबारे विस्तृत अध्ययन गर्न भारतीय वायु सेनाले जाँचको आदेश दिएको छ । जेनेरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका थियो । भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) रावतको अवस्थाबारे केही पनि बताइएको छैन ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १७:०२