सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज नर्सिङ क्याम्पससहित १५ कलेजमा पिसिएल भर्ना रोकियो

बाँके । बाँकेको नेपालगन्ज स्थित नेपालगन्ज नर्सिङ क्याम्पससहित देशका १५ नर्सिङ कलेजमा पिसिएल नर्सिङ भर्ना रोकिएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीले पिसिएल नर्सिङ पढाउने नेपालगन्ज नर्सिङ क्याम्पससहित १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन गरेको हो ।

आयोगले ऐनविपरीत सीटीईभीटीले विश्वविद्यालय, प्रतिष्ठानहरू र उनीहरूका आंगिक र सम्बन्धन प्राप्त १५ कलेजमा नर्सिङ भर्ना खुलाएको भन्दै उक्त कार्य रोक्न निर्देशन दिएपछि सीटीईभीटीले यस्तो निर्णय गरेको हो ।

यही मंसिर ८ गते भर्ना खुला गरिएका ४५ मध्ये १५ नर्सिङ कलेजको भर्ना रोकिएपछि ती कलेजमा भर्ना प्रकियाका लागि शुल्क बुझाएका परीक्षार्थीको शुल्क फिर्ता हुने सीटीईभीटीले जनाएको छ ।

साथै, ती कलेजमा भर्ना प्रक्रिया अघि बढाएका विद्यार्थीलाई अरू कलेजमा आवेदन दिन सूचित गरिएको छ । यसैबीच, नेपालगन्जको वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपालगन्जसहित अन्य नर्सिङ क्याम्पसले भर्ना अनुमति पाएकाछन् ।

यी हुन् भर्ना रोकिएका १५ नर्सिङ कलेज

-नेपालगन्ज नर्सिङ क्याम्पस, बाँके
-नोबल मेडिकल कलेज, विराटनगर
-नेसनल मेडिकल कलेज, वीरगन्ज
-बीएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर
-नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं
-एनपीआई नारायणी सामुदायिक अस्पताल, चितवन
-कलेज अफ मेडिकल साइन्सेज, चितवन
-अल्का अस्पताल, ललितपुर
-नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
-काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं
-मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
-ओम हेल्थ क्याम्पस, काठमाडौं
-मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा
-लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, पाल्पा
-देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १७:०२