सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडीबाट सुरक्षा गार्ड कृष्ण जिसी बुधवार विहान पक्राउ परेका हुन् ।

जिसीलाई तीन ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । भुपु आर्मी जिसी राती उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका थिए ।

उपमहानगरपालिकाको क्वाटरबाट निस्केका जिसी केहीबेरपछि ब्राउनसुगरसहित पक्राउ परेका थिए । जिसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १६:५८