बाँके । डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ । गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्र्तगतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।
उनका अनुसार सबैभन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनीक भवन, विद्यालय भवन तथा विभिन्न धार्मिकस्थलमा निर्मित भौतिक पूर्वाधारको अनुगमन गरिएको हो । गाउँपालिकाको प्रशासनिक भवनको निर्माणको काम करिब ८० प्रतिशत पुरा भएको छ । तीब्र गतिमा निर्माण भइरहेको भवन अब केही महिनाभित्रै सञ्चालनमा ल्याइने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए ।
अध्यक्ष चौधरीले गाउँपालिकाको भवनको अभावले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न समस्या भएकाले नयाँ भवनबाट छिट्टै सेवा प्रवाह हुने विश्वास दिलाए । गाउँपालिकाका अध्यक्ष चौधरी नेतृत्वको समुहले निर्माण सम्पन्न भएको वडा नं. ४ स्थित मस्जिद र वडा नंं ६ स्थित श्री सरस्वती मावि भंघोटनामा नवनिर्मित दुई कोठे भवनको अनुगमन गरिएको हो ।
वडा नं. ४ मोल्हुपूर्वामा मस्जिद निमार्णका लागि ८ लाख र हिरिमिनियाको विद्यालयको दुई कोठे भवन रु २६ लाखको लागतमा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए । पालिकाद्वारा हाल धमाधम विभिन्न भौतिक पूर्वाधारहरु निर्माण भइरहेका छन् । अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्यसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख लगायतको समुहको सहभागिता थियो ।





।