सूचनाको शक्ति - The Power Of Information

        

अपराध

नेपालगन्ज उपमहानगरपालिकाभित्रै ‘ब्राउनसुगर’, सुरक्षा गार्ड पक्राउ

बाँके । नेपालगन्ज उपमहानगरपालिकाका सुरक्षा गार्ड ब्राउनसुगरसहित पक्राउ परेका छन् । वीपीचोक नजिकै रहेको जिल्ला शिक्षा इकाई अगाडिबाट सुरक्षा गार्ड कृष्ण जिसी आज विहान पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिसीलाई तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । नेपाली सेनाका अवकास प्राप्त जिसी राती उपमहानगरपालिकामा डिउटी गरेर त्यही सुतेका थिए । उपमहानगरपालिकाको आवासबाट निस्केका जिसी केही बेरपछि ब्राउनसुगरसहित पक्राउ परेका थिए ।

जिसीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागुऔषध ब्राउनसुगर कारोबारमा नेपालगन्ज यस क्षेत्रकै प्रमुख शहरको रुपमा गनिने गरेको छ । सीमावर्ती शहर भएकाले भारतबाट ब्राउनसुगर खरिद गरेर यही शहरबाट अन्यत्र कारोबार हुने गरेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १३:५५