सूचनाको शक्ति - The Power Of Information

        

समाचार

यौन दुर्व्यवहारको आरोपमा खजुराका हाकिम र लेखा अधिकृत पक्राउ

बाँके । बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।

गत शुक्रबार पिकनिकको क्रममा दुर्व्यवहार गरेको पीडित पक्षले बताएका छन् । पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । सोही बिषयलाई लिएर बुधबार गाउँपालिकाका युवाहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।

नाराबाजी गर्दै गर्दा इलाका प्रहरी कार्यालय खजुराका ठूलो संख्यामा प्रहरी पुगेको थियो । अहिले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खराल, लेखा अधिकृत सुनारसहित पीडित पक्षलाई इलाका प्रहरी कार्यालय धनौलीका लगिएको छ ।

सोही बिषयलाई लिएर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसूदन न्यौपानेका अनुसार इलाका प्रहरी कार्यालय धनौलीले दुबै पक्षलाई राखेर घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार १२:२१