सूचनाको शक्ति - The Power Of Information

        

यी हुन् कांग्रेसका महाधिवेशन प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

आज पार्टीको वेबसाइटमार्फत् कांग्रेसले चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको हो।

सर्लाहीका महाधिवेशन प्रतिनिधिको नाम भने यो सूचीमा समावेश हुन बाँकी छ। सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन नै सकिएका छैनन्।

पछि पूरा नामावली राख्ने गरी अहिले प्रारम्भिक महाधिवेशन प्रतिनिधिका नामावली सार्वजनिक गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसले क्रियाशील सदस्यको सूची पनि यसअघि नै वेबसाइटमा राखेको थियो।

हेर्नुस् को-को छन् महाधिवेशन प्रतिनिधि?

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार ०९:३८