सूचनाको शक्ति - The Power Of Information

        

साेमवार ३२ अङ्कले बढेकाे नेप्से मङ्गलवार ३७ अङ्कले घट्याे

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार फेरि घटेको छ ।

हिजो साेमवार ३२ अङ्कले बढेको नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९० विन्दुमा झरेको छ ।

आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३१ कम्पनीका ८३ लाख ३० हजार कित्ता शेयर तीन अर्ब १२ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १२ करोड ३६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आईसीएफसी फाइनान्सको शेयर साढे सात प्रतिशत भन्दा धेरैले र कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १७:५९