सूचनाको शक्ति - The Power Of Information

        

अध्यक्ष भण्डारीद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्त्रण

बाँके । विद्यालयमा खेल बाताबरण सृजना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर–४ स्थित जनशक्ति माध्यामिक विद्यालयलाई सोमबार खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् ।

अध्यक्ष भण्डारीले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच करिव ७० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । खेलकुद सामाग्रीहरुमा ‘मिकासा’ कम्पनीको भलिबल ४ थान, फुटबल २ थान, भलिबल नेट २ थान, फुटबल नेट २ थान, ज्याब्लिङ्ग थ्रो २ थान, सटफुट २ थान, रनिङ शिल्ड डे«स २५ सेट, लुडो १० थान, र डोरी २० थान रहेका छन् ।

महासंघ अध्यक्ष भण्डारीले आफ्नो ब्यक्तिगत खर्चबाट विद्यालयलाई सामाग्री उपलब्ध गराएको बताए । ‘खेलकुद सामाग्रीको अभाव भएको भनी विद्यालयले आग्रह गरेपछि मैले आफ्नो ब्यक्तिगत तर्फबाट यी सामाग्री सहयोग गरेको हुँ,’ उनले भने ।

आफ्नो ठाउँको शिक्षा, स्वास्थ्य र खेलकुद क्षेत्रको सुधार गर्नका लागि आगामी दिनमा पनि सहयोग गर्न प्रतिबद्ध रहेको बताए । महासंघ अध्यक्ष भण्डारी राप्तीसोनारी गाउँपालिका वडा नम्बर–३ का स्थायी बासिन्दा हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमाशंकर ओलीले खेलकुद सामाग्री नहुँदा आफ्नो बिद्यालय यसअघि रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुनबाट बञ्चित भएको बताए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक प्रमोद यादव, पत्रकार महासंघ बाँकेका सहसचिव हेमन्त चौधरी, खेलकुदकर्मी ऋषी पोखरेल, समाजसेवी डिल्ली ओली लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १७:५१