बाँके । बाँकेमा मंगलवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन वटा प्रयोगशालामा १४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ११८ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालमा १७ र बागेश्वरी ल्यावमा १४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये सबै जिल्ला बाहिरका हुन् । जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ७१ छ ।
यस्तै मंगलवार थप २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय १५ पुगेको छ ।
।