सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ पास गरेका विद्यार्थीलाई विद्यालयबाटै प्रमाणपत्र

फाइल तस्वीर

काठमाडौं । भर्खरै कक्षा १२ पास भएका विद्यार्थीले आफू पढेकै विद्यालयबाट मार्कसिट र सर्टिफिकेट पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयबाट विद्यार्थीले प्रमाणपत्र लिन पाउने व्यवस्था गरेको हो ।

यसअघि कक्षा १२ उतीर्ण विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

बोर्डमा भिडभाड हुन नदिन यसपालि विद्यालयहरूमै प्रमाणपत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । बोर्डले यही मंसिर १७ गते कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो । गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थीले परीक्षा लिएका थिए ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार ११:४१