सूचनाको शक्ति - The Power Of Information

        

नविल बैंक र तिला गाउँपालिकाबीच दिगो उद्यमशीलता विकासका लागि साझेदारी

जुम्ला । युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ जुम्लाको तिला गाउँपालिका, राष्ट्रिय युवा परिषद् र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ ।

सो बैंकले वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सोमबार सदरमुकाम खलङ्गामा सम्पन्न गरेको छ । साथै बैंकले गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए । नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डे र गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले उक्त साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम र तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम र तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको नविल बैंक कर्णाली प्रदेशका प्रमुख पाण्डेले बताए ।

सम्झौताले तिला गाउँपालिकामा रोेजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग पुग्ने नविल बैंकले जनाएको छ । नबिल बैंकको सो कार्यक्रमले निम्न आयस्रोत भएका तिलाका किसान तथा उद्यमीलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण कार्य खेल्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर रावलले बताए ।

यस समझदारीले तिला गाउँपालिकामा स्थानीय युवाहरूलाई साथ दिन उद्यमशीलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ युवा उद्यम प्रवद्र्धन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकाशमा योगदान गर्ने लक्ष्य लिएको राष्ट्रिय युवा परिषद्का प्रतिनिधि तथा तालिका मुख्य प्रशिक्षक श्यामकाजी खत्रीले बताए ।

युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धनका लागि तिला गाउँपालिको नमुना काम गरेको पूर्व पशुपन्छी मन्त्री गोमा कुँवारले बताइन् । नागरिकको आयआर्जन बिना आर्थिक समृद्धि सम्भव नभएकोले उद्यमशीलता विकासका लागि तिला गाउँपालिकाले थालेको कार्यक्रम प्रशंसनीय रहेको जुम्लाका प्रजिअ विजया कुमारी प्रसाइले बताइन् ।

छनौटमा परेका पालिकाभित्रका १५० जना युवाहरुलाई एक हप्तासम्म गाउँपालिकाले सहुलियतपूर्ण कर्जा सहजीकरणका लागि उद्यमशिलता तथा बित्तिय साक्षरता तालिम संचालन गरेको छ । कार्यक्रममा बैंकिङ प्रतिनिधि, जुम्लाका प्रजिअ, पत्रकार, जिल्लाका विषयगत कार्यालयका प्रमुख, गाउँपालिका कर्मचारीहरु, किसान, युवा तथा महिला उद्यमीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १०:२६