सूचनाको शक्ति - The Power Of Information

        

मिनी ट्रक र मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका लमही नगरपालिका – ६ देउपुरमा भएको दुर्घटनामापरी लमही नगरपालिका – ७ कमानपुर निवासी ३५ वर्षिय ठग्गुप्रसाद चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

मध्यनगरबाट लमही आउदै गरेको बा ३ ख १०४९ नम्बरको मिनी ट्रक र लमहीबाट मध्यनगर तर्फ जाँदै गरेको लु ४४ प ११०४ नम्बरको मोटरसाइकल एक आपसमा जुधेका थिए ।

घाईते चौधरीलाई लमही अस्पतालमा प्राथमिक उपचार पछी थप उपचारको लागी बुटवल लगिदै थियो । उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार ०९:२९