सूचनाको शक्ति - The Power Of Information

        

आज डलरको भाउ बढ्यो, अन्य देशको मुद्राको दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले सोमबार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९७ पैसा र बिक्री दर १२० रुपैयाँ ५७ पैसा कायम गरेको थियो भने आज यसको दरमा वृद्धि भएको छ ।

आज अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३८ पैसा र बिक्री दर १२० रुपैयाँ ९८ पैसा कायम गरेको युरोपियन युरो आज एकको खरिद दर १३६ रुपैयाँ ०३ पैसा र बिक्री दर १३६ रुपैयाँ ७१ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ६१ पैसा र बिक्री दर १६० रुपैयाँ ४० पैसा कायम छ ।  अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ६० पैसा र बिक्री दर ८५ रुपैयाँ ०२ पैसा छ ।

 जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ६३ पैसा र बिक्री दर १० रुपैयाँ ६८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्री दर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ०६ पैसा र बिक्री दर ३३ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ ।


प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार ०९:२०