सूचनाको शक्ति - The Power Of Information

        

टेस्ट क्रिकेटमा भारतकाे सबैभन्दा ठूलाे जित

काठमाडौं । भारतले मुम्बईमा भएको दोस्रो टेस्टमा न्युजिल्यान्डलाई तीन सय ७२ रनले हराएको छ ।

टेस्ट क्रिकेटमा भारतको यो सबैभन्दा ठूलो जित हो । यसअघि भारतले ६ वर्षअघि सन् २०१५ मा दक्षिण अफ्रिकालाई दिल्लीमा तीन सय ३७ रनले हराएको थियो ।

योसँगै भारतले न्युजिल्यान्डसँगको दुई खेलको टेस्ट शृङ्खला एक–शून्यले जितेको छ । यसअघि कानपुरमा भएको पहिलो टेस्ट बराबरीमा सकिएको थियो । घरेलु जमिनमा भारतले यो लगातार १४ औँ शृङ्खला जितेको हो ।

रविचन्द्रन अश्विन शृङ्खलामा १४ विकेट लिँदै ‘प्लेयर अफ द सिरिज’ बन्दा मयंक अग्रवाल ‘प्लेअर अफ द म्याच’ बने ।

टेस्टमा रनको अन्तरमा भारतको प्रमुख पाँच ठूलो जित

३७२ रन न्युजिल्यान्डविरुद्ध, मुम्बई २०२१
३३७ रन दक्षिण अफ्रिकाविरुद्ध, दिल्ली २०१५
३२१ रन न्युजिल्यान्डविरुद्ध, इन्दोर २०१६
३२० रन अस्ट्रेलियाविरुद्ध, मोहाली २००८
३१८ वेस्ट इन्डिजविरुद्ध, नर्थ साउन्ड २०१९

यसअघि यी दुई टोलीबीच भएको तीन खेलको टी–२० शृङ्खला भारतले ‘क्लिन स्वीप’ गरेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १७:०४