सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

अन्तिमपटक सभापतिमा लड्छु सहयोग गर्नुस् : शेरबहादुर देउवा

महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा एमालेजस्तो शक्ति प्रदर्शन गर्ने पक्षमा कांग्रेस नरहेको बताएका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालयले बोलाएका सीमित पत्रकारबीच आज बिहान कुरा गर्दै देउवाले कोरोना संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा भिडभाड नगरिने बताएका हुन्।

‘एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइन। अहिले कोरोनको नयाँ भेरियन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन। कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन।

हामी पनि झापादेखि मान्छे ल्याएर उतार्न सक्छौँ। तर, त्यसले जनतालाई दुःख हुन्छ। महामारी फैलिन सक्छ। हामी त्यो पक्षमा छैनौं।’, देउवाले भने।

यस्तै, उनले  आफैँ सभापति लड्न लागेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए। ​देउवाले भने. ‘यो मेरो अन्तिमपटक हो। मैले यहाँहरूबाट पनि अपेक्षा गरेको छु।’

देउवाले सत्ता गठबन्धन निर्वाचनसम्मै जाने पनि बताए।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १२:२०