सूचनाको शक्ति - The Power Of Information

        

राप्तीनदीमा भइरहेको दोहन रोक्न ४ बुँदे मागसहितको ज्ञापनपत्र

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयले राप्तीनदीमा भइरहेको दोहन रोक्न माग गरेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आइतवार ४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै स्थानीयले राप्तीनदीमा भइरहेको दोहन रोक्न माग गरेका हुन् ।

राप्तीनदीमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भइ वगरमा परिणत भएको भन्दै स्थानीयको जिविकाको आधार खोसिएको स्थानीय अगुवा बनिलाल थारुले बताए ।

ज्ञापनपत्रमा जल उपभोक्ता समितिको मुल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टपरी हुँदै सिधनीया पुलसम्म स्काभेटर र जेसिवी प्रयोग गरेर भइरहेको नदी दोहन तत्काल रोक्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राप्ती नदीमा भइरहेको दोहन नियन्त्रणका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वसन दिए ।

झन्डै सयको हाराहारीमा जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउन पुगेका स्थानीयले नदीबाट हुने कटान, पटान र डुवान रोकथामका लागि तटबन्ध निर्माण गरिदिनु पर्ने माग पनि गरेका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार १६:०७