काठमाडौँ । राप्रपाको महामन्त्रीमा निर्वाचित नेपालगञ्जका मेयर डा धवल शम्शेर राणाले पार्टीको नेतृत्व दोस्रो पुस्तामा आएको भन्दै पार्टी र देश दुवैको लागि नयाँ शुरुवात भएको बताएका छन् ।
निर्वाचित भएपछि आइतवार काठमाण्डौमा पत्रकारहरुसँग सक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीका एजेन्डालाई हासिल गर्ने गरी अघि बढने बताए । उनले हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्र स्थापनाका लागि हिन्दुवादी संघसंस्थाहरुलाई एकै थलोमा ल्याउने प्रतिबद्धता जनाए ।
काँग्रेस र एमालेविरुद्ध मोर्चाबन्दी गरेर चुनावबाटै आफ्ना पार्टीका एजेण्डा स्थापित गरिने भन्दै उनले त्यसमा हातेमालो गर्न सबै युवावर्गलाई आव्हान समेत गरे । काठमाण्डौमा भएको पार्टीको महाधिबेशनबाट राजेन्द्र लिंगदेन प्यानलबाट लिंगदेनसहित राणा निर्वाचित भएका हुन् ।
लिंगदेनले कमल थापालाई पराजित गर्दै नेतृत्व दोस्रो पुस्तामा ल्याउन सफल भएका हुन् । बाँकेबाट केन्द्रीय सदस्यमा चार जना निर्वाचित भएका छन् ।
मीना श्रेष्ठ, ऋषिराज देवकोटा, फत्तेसिंह थारु र ओमप्रकाश आजाद निर्वाचित भएका हुन् । देवकोटा खुल्लातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् भने श्रेष्ठ महिला, थारु जनजाती र आजाद मधेशी कोटाबाट निर्वाचित भएका हुन् ।
।