सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ आज सात सय रुपैयाँ बढ्यो

काठमाडौं । सुनको भाउ सात सय रुपैयाँले बढेको छ ।

अस्ति शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ  पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार १५:५१