सूचनाको शक्ति - The Power Of Information

        

चीनले अफ्रिकामा कोरोना महामारी विरुद्ध जुध्न थप सहयोग गर्ने

काठमाडौं । चीनले अफ्रिकालाई कोभिड–१९ महामारी विरुद्ध जुध्न थप सहयोग गर्ने भएको छ ।

कोरोना महामारी तथा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलन थालेपछि चीनले अफ्रिकामा थप सहयोग गर्ने भएको हो । दक्षिण अफ्रिकामा देखा परेको नयाँ भेरियन्टको सङ्क्रमण विश्वका ४० भन्दा धेरै देशमा पुष्टि भइसकेको छ ।

यसअघि सन् २०१९ को डिसेम्बरमा चीनमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको थियो । यो सङ्क्रमणले विश्वमा महामारीकै रुप लिएको छ ।

साथै चीनले अफ्रिकी देशहरूको भरपर्दो साझेदारको रूपमा आफ्नो विश्वसनीयता बलियो बनाएको र चीन–अफ्रिका सहयोगलाई बदनाम गर्ने गरी हुँदै आएका अफवाहहरूको खण्डन गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार ०९:०४