सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

राप्रपा महामन्त्रीमा डा.धवलशम्शेर राणा विजयी (मतपरिणामसहित)

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्रीमा लडेकी रेखा थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा डा.धवलशम्शेर राणा विजयी भएका छन् । निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार डा.धवलशम्शेर राणा २२२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।

राजेन्द्र लिङ्देनको समूहबाट नेपालगन्ज उपमहानगरपालिकाका मेयर समेत रहेका डा.राणा महामन्त्री पदमा उठेका थिए । यस्तै महामन्त्रीमा कमल थापा पक्षका भुवन पाठक र कुन्ती शाही (महिलातर्फ) पनि विजयी भएका छन् ।

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् ।

राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो । निर्वाचनका क्रममा उपाध्यक्षमा पदमा विक्रम पाण्डेले सर्वाधिक मत ल्याएका छन् । उनले खुला उपाध्यक्षमा २५२१ मत ल्याएका छन् । उनी कमल थापा र राजेन्द्र लिङ्देन दुवै प्यानलमा समेटिएका थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतवार ०८:२७