सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा शुक्रवार ४ जनामा कोभिड पुष्टि

बाँके । बाँकेमा शुक्रवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ७९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ४० नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्याबमा १७ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा २२ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६७ पुगेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १७:४२