सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरका ५ सय २ छात्रालाई निशुल्क साईकल वितरण (फोटोफिचर)

बाँके । बाँकेको नरैनापुरका कक्षा ६–१२ का छात्रालाई निशुल्क साईकल वितरण गरिएको छ ।

May be an image of 6 people and people standing

कक्षा बढ्दै जाँदा विद्यालय छोड्ने क्रम बढेपछि गाउपालिकाले कक्षा ६–१२ का छात्राहरुलाई विद्यालयसंग जोड्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारसंगको सहकार्यमा निशुल्क साईकल वितरण गरेको हो ।

May be an image of 3 people and people standing

गाउपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत पालिकामा रहेका ३ माध्यामिक विद्यालय र एक आधारभुत तहमा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्दै आएका ५ सय २ जना छात्रालाई साईकल वितरण गरेको हो ।

May be an image of 3 people and people standing

सो अवसरमा लुम्बिनी प्रदेस सभा सदस्य कृष्णा केसी नमुनाले नरैनापुरको विकासको लागि छात्राको पहुँच विद्यालयसम्म पुराउन आवश्यक भएकोले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत छात्रालाई साईकल वितरण गरिएको बताईन ।

May be an image of 5 people, people standing and indoor

नरैनापुरमा रहेका सामुदायिक विद्यालय मध्ये ३ वटा मावि तह, १ आधारभुत तह र ४२ वटा प्रावि तहका रहेकोले अधिकांश कक्षा ५ सम्म पढेर विद्यालय टाढा भएको बाहाना बनाउदै कक्षा छाड्ने गरेको जनगुनासो आएपछि गाउपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि माथिका सबै छात्राहरुलाई साईकल वितरण गरिएको गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताए ।

May be an image of 3 people

उनले नरैनापुर हरेक क्षेत्रबाट पछाडि पारीएको पालिका भएकोले प्रदेश सरकारले यहाँको शैक्षिक क्षेत्रको विकासमा टेवा पुराउने उद्देश्यले छात्राहरुको विद्यालयसम्मको पहुँच बढाउने उद्देश्यले उनीहरुलाई विद्यालय आउन र जानको लागि सहज होस भनेर साईकल उपलब्ध गराईएको बताए ।

May be an image of 6 people, people standing, bicycle and outdoors

गाउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत दलबहादुर बस्नेतले पालिकाले शिक्षालाई प्राथामिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

May be an image of 2 people, people standing, people riding bicycles, bicycle and road उनले पालिकाका छात्राको विद्यालयसम्मको पहुँच पुराउन छात्रबृत्तिदेखि निशुल्क साईकल वितरण गरेको बताए ।

May be an image of 2 people and people standing

सो कार्यक्रमका लागि लुम्बिनी प्रदेश सरकार र नरैनापुर गाउपालिकाको सहकार्यमा ५० लाख बजेट रहेको पालिकाका लेखा प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

May be an image of 4 people and people standingकार्यक्रम शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुको अध्यक्षतामा र सहजिकरण अरुणकुमार यादवले गरेका थिए ।

May be an image of child, sitting, standing and outdoors

May be an image of 3 people, people standing and outdoorsMay be an image of 10 people and people standing

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १७:४१