सूचनाको शक्ति - The Power Of Information

        

‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणको खेल सुरु हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् ।

फ्रेन्ड्स क्लब र थ्री स्टारबीच हुने पहिलाे खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ ।

त्यस्तै आज हुने दोस्रो खेलमा सातदोबाटो युथ क्लब र एपीएफ क्लब खेल्दैछन् ।

सातदोबाटो र एपीएफबीचको खेल बेलुका पौने ५ बजे सुरु हुनेछ । फ्रेन्ड्स दुई खेलमा १ अङ्कका साथ दशौँ स्थानमा रहेको छ ।

थ्री स्टारको दुई खेलमा ३ अङ्क छ । थ्री स्टार अङ्कतालिकामा सातौँ स्थानमा छ ।

त्यस्तै सातदोबाटो दुई खेलमा ४ अङ्कका साथ छैटौँ र अङ्कविहीन रहेको एपीएफ १३ औँ स्थानमा छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ०९:४८