सूचनाको शक्ति - The Power Of Information

        

करेन्ट लागेर बाँकेको खजुरामा एक महिलाको ज्यान गयो

बाँके । बाँकेको खजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ६ गिजरा बस्ने ३५ वर्षकी मनकला बिकको आज बिहान करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै धारामा जोडेको मोटरबाट करेन्ट लागेर गम्भीर घाईते भएकी बि.कको भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय धनौलीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ०९:४४