सूचनाको शक्ति - The Power Of Information

        

पश्चिमी क्षेत्रमा हिमपात र वर्षा : एक र दुई बाहेकका प्रदेशमा भोलि मौसम खुल्ने

काठमाडौं । पश्चिमी क्षेत्रमा हिमपात र वर्षा भएको छ । पश्चिमी क्षेत्रका धेरैजसो हिमाली क्षेत्रमा हिमपात भएको छ भने केही ठाउँमा हल्का पानी परेको छ ।

आज पनि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशको पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

उहाँकाअनुसार पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको प्रभाव देशभर नै परेको छ ।

आज काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने अनुमान छ । भोलि भने प्रदेश-१ र २ बाहेकका प्रदेशमा मौसम खुल्ने अनुमान गरिएको छ ।

प्रदेश-१ र २ मा भने यो प्रणालीको प्रभावले भोलि दिनभर पनि मौसम सामान्यदेखि पूर्ण बद्ली हुने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । यस्तै, पर्सि फेरि पश्चिमी वायुको प्रभावले पश्चिमी क्षेत्रमा असर पर्न सक्ने देखिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ०९:२६