सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कोरोनाका ४ संक्रमित थपिए

बाँके । बाँकेमा बिहीवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लाका दुई वटा प्रयोगशालामा ५६ नमुना परीक्षण गर्दा थप ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । भेरी अस्पतालमा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आयो ।

बागेश्वरी ल्यावमा भने नमुना जाँच भएन् । पछिल्लो पटक संक्रमण पुष्टि भएका मध्ये बाँकेका १ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १८ हजार ४ सय ६३ पुगेको छ ।

भेरी अस्पतालमा उपचार गराइएका मध्ये ५ जना सिकिस्त छन् । ३ जना भने मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार १८:३१