सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति भण्डारी आज लुम्बिनी जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जाँदैछिन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन बुधबारबाट नै सुरु भएको भएको छ ।

सोही सम्मेलनको मुख्य समारोहको उदघाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी जान लागेकी हुन् । त्रियान सम्मेलन विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर आयोजना गरेको हो ।

आज दिउँसो १ बजे राष्ट्रपति भण्डारीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने पनि कार्यक्रम रहेको छ ।

लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ०८:४०