सूचनाको शक्ति - The Power Of Information

        

देशभर बदली रहने, यी प्रदेशमा वर्षा र हिमपातकाे आँकलन

काठमाडौं । आज बिहीबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बदली रहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको रहेको महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका पहाडी भूभागको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ ।

उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना  छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ०८:३४