सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा ७०० मेट्रिक टनको कोल्ड स्टोर बन्दै

बाँके । बाँके डुडुवा गाउँपालिकाको सबै भन्दा ठुलो दोस्रो योजनाको रुपमा रहेको कोल्ड स्टोरको निमार्ण शुरु भएको छ ।

डुडुवा ६ हिरिमिनियामा निमार्ण थालिएको ७०० मेट्रिक टन क्षमताको अत्याधुनिक कोल्ड स्टोरेजको आज एक कार्यक्रमका विच पुजापाठ गरि शिलान्यास गरिएको छ ।

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफुल भण्डारणमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले आलु लगायतका तरकारी र फलफुल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा बृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताउनुभयो ।

अध्यक्ष चौधरीले गाउँपालिकाको दोस्रो वर्षको योजनामा परेको यो योजनालाई अहिले कार्यन्वयनमा ल्याउदा किसानका समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

करिब १३ कठ्ठा जग्गामा निमार्ण हुन लागेको अत्याधुनिक प्रविधी मल्टीप्रपोजको  लागत रु ६ करोड, ७ लाख ५४ हजार २१२ रहेको छ । कोल्डस्टोरेजसंगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, वाउण्ड्री वाल, प्रार्किङको निमार्ण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताउनुभयो ।

कोल्डस्टोरेजको निमार्णपछि गाउँपालिकाका किसानसंगै जिल्लाका अन्य किसानलाई पनि राहत मिल्ने छ । १८ महिनाको अवधीमा निमार्ण सम्पन्न गर्ने गरि काठमाण्डौस्थित पारामाउण्ट नेचुरल जेवी निमार्ण कम्पनीले ठेक्का लिएको इन्जिनियर सुरेन्द्र बर्माले बताउनुभयो ।

उहाँका अनुसार ६ महिना लगाएर योजनाको अत्याधुनिक डिपीआर तयार गरिएको हो । गाउँपालिकाको पहिलो ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन रहेको छ ।

उक्त भवन अहिले निमार्णधिन रहेको र हालसम्म करिब ८० प्रतिशत निमार्ण सकिएको जनाइएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ०८:३१