सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा २५ किलो चरेशसहित एक महिला पक्राउ

बझाङ । बझाङ प्रहरीले डु्ग्रीबजारबाट लागुऔषध चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।

मंगलबार जिल्ला सदरमुकाम चैनपुर बजार नजिकै रहेको डुग्री बजारमा विषेश सूचनाको आधारमा क्षेत्रीय अनुसन्धान समूहले छापा हान्दा ३४ वर्षीया कल्पना रोकायालाई चरेशसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

डुग्री बजारमा रहेको उनको किराना पसलमा चेकजाँज गर्दा लुकाइ राखेको अवस्थामा अन्दाजी २५ किलो चरेश फेला परेको र पक्राउ परेकी रोकायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १०:१८