सूचनाको शक्ति - The Power Of Information

        

बाढी पहिरो प्रभावितलाई राहत वितरण

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा रहेका बाढी,पहिरो प्रभावित तथा पुर्णरुपमा घरबार विहिन बनेका ३६ परिवारलाई राहत वितरण गरिएको छ ।

बझाङमा संचालित गैरसरकारी संस्था प्रगतिशिल युवासमाज र युएमएन बझाङको साझेदारीमा बाढी, पहिरो प्रभावित परिवारलाई राहत विरण गरेको हो ।

संस्थाका अनुसार कार्तिक महिनाको पहिलो साता आएको अविरल बर्षाका कारण खप्तडछान्ना गाउँपालिका वडानम्बर १ देखी ७ सम्मका घर, खेतबारीमा पुर्णरुपमा क्षती पुर्याएका परिवारलाई संस्थाले प्रति परिवार चामल एक बोरा, १० केजी दाल,२ केजी चिनी, २ वटा नुहाउने साबुन,२ वटा लुगा धुने साबुन, १ लिटर तेल, १ पे्रसरकुकर, १ कराई, ५ वटा थाल, ५ वटा कचौरा, ५ गिलास,१ डाडु पनियु, न्यानो लुगा र त्रिपाल गरी प्रतिपरिवार ६ लाख ४७ हजार रकम बराबरको सामाग्री राहत स्वरुप वितरण गरेको थियो ।

बाढी प्रभावितलाई थोरै भएपनि राहत मिलोस भनेर संस्थाले खाध्यान्न तथा भाँडाकुडा खरिद गरेर वितरण गरिएको प्रगतिशिल युवा समाज र साझेदारीमा संचालित परियोजना संयोजक विष्ना कुमारी बम्मले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले खासै ठूलो सहयोग गरेका त होईनौं । तरपनि बाढी र पहिरोले बनाएको घाउमा थोरै भएपनि मल्हम लाग्छ की भन्ने हो ।’

संस्थाले यस अघी कोरोना महामारीमा रोजगारी नभएका तथा एकल महिला, सुत्केरी महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई समेत विभिन्न राहत सामाग्री वितरण गरेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार १०:१४