सूचनाको शक्ति - The Power Of Information

        

लगातार तेस्रो दिन पनि घट्यो शेयर बजार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से लगातार तेस्रो दिन पनि घटेको छ ।

नेप्से आज मङ्गलवार एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ६ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा, अन्य र म्युचल फन्ड समूहको शेयर सामान्य बढेको छ ।

बैंकिङ, होटल, व्यापार, उत्पादन, जीवन बीमा, माइक्रोफाइनान्स र लगानी समूहको शेयर भने घटेको छ ।

आज दुई सय २५ कम्पनीका ६४ लाख ४७ हजार कित्ता शेयर तीन अर्ब आठ करोड रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै आईसीएफसी फाइनान्सको १६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज इन्फिनिटी लघुवित्तको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।

समग्र बजार घटे पनि सामलिङ पावर र न्यादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १६:०८