काठमाडौँ । कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्पताल भर्ना हुनुभएको छ ।
हिजो साेमवार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ आएको र निमोनियासमेत देखिएपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा उहाँलाई भर्ना गरिएको हो ।
केही दिनअघि परिवारका सदस्यलाई सङ्क्रमण भएकाले उहाँलाई घरकै सदस्यबाट सङ्क्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।
अस्पताल भर्ना भए पनि उहाँको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको अस्पतालले जनाएको छ ।

।