सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्रीले भोलि विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो ।

मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र बाचन गरेर सुनाएका थिए ।

त्यसपछि सरकारमा मन्त्रालयको जिमेवारी हेरफेर सम्बन्धी पत्र सुनाएर मुख्यमन्त्रीलाई विश्वासको मत माग्ने समय दिए । मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रस्ताव पेस गरेपछि बैठक स्थगित गरिएको हो । बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरु पार्टी महाधिवेशनका सिलसिलामा चितवनमै रहेकाले मंगलबारको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालय स्रोतले बताएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १५:५७