सूचनाको शक्ति - The Power Of Information

        

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

उहाँलाई बलम्बुमा रहेको सशस्त्र प्रहरी एपीएफ अस्पतालमा भर्ना गरिएको छ ।

अस्ति प्रधानन्यायाधीश जबराको  परिवारका एक जनालाई सङ्क्रमण देखिएपछि उहाँले स्वास्थ्य परीक्षण गर्नु भएको थियो ।

उहाँलाई निमोनिया समेत देखिएको डाक्टरले बताएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार ०९:३८