सूचनाको शक्ति - The Power Of Information

        

समाज

बाँकेमा बालबिवाह न्यूनीकरण चुनौतीपूर्ण, आज राप्तीसोनारी ६ बालविवाह मुक्त घोषणा

हेर्नुस फोटोफिचरसहित

बाँके । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा बाँकेमा बालबिवाह न्यूनीकरण चुनौतीपूर्ण छ । मधेशी तथा मुसलमान समुदायको बाहुल्य रहेका बाँकेमा सानै उमेरमा बिवाह गरिदिने संस्कार अझै हट्न सकेको छैन ।

No description available.

बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिलाई बालबिवाह टाउको दुखाईको बिषय बनेको छ । शिक्षित, सचेत र राजनीतिक नेतृत्व गर्ने घरपरिवारमा समेत लुकीछिपी बालविवाह हुने गरेका घटना बेला–बेलामा बाहिर आउने गरेका छन् ।

बालविवाह न्यूनीकरणको जिम्मेवारी सरकारी र सामाजिक सङ्घसंस्थाको मात्रै नभएर सामाजिक अगुवा, धर्मगुरु र राजनीतिक दलका नेता सबैको सहयोगले मात्रै बालबिवाह न्यूनीकरण सम्भव छ ।

No description available.

यस्तै चुनौतीका बीच बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नंं. ६ लाई आज बालबिवाह मुक्त घोषणा गरिएको छ ।

No description available.राप्तीसोनारी गाउँपालिका वडा नंं. ६ का वडाध्यक्ष जनक थारुले भने, ‘जबसम्म सानै उमेरमा विवाह गरिदिने परम्परामा परिवर्तन आउँदैन तबसम्म हाम्रा अभियानले मात्रै बालविवाह न्यूनीकरण गर्न कठिन हुने रहेछ ।’

No description available.

राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले बढ्दो बालबिवाह न्यूनीकरणका लागि गाउँपालिकाले कडा रणनीति लिएको पनि बताइन् ।

उनले भनिन्, ‘बालबिवाह गर्ने बालबालिका र अभिभावकलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई सिफारिस गर्नुका बालबिवाह गर्ने उनीहरुलाई गाउँपालिकाले दिने सेवासुविधाबाट बञ्चित गर्छौ ।’ उपाध्यक्ष खत्रीका अनुसार गाउँपालिकाले बालबिवाह गरेमा जन्मदर्ता, नागरिकता सिफारिस लगायतका अन्य सेवाहरुबाट बञ्चित गरिनेछ ।

No description available.

बालविवाह न्यूनीकरणका लागि शिक्षा र सचेतना महत्वपूर्ण रहेको पनि उपाध्यक्ष खत्रीले बताइन् । ‘परम्परागत मान्यता, अशिक्षा, गरीबी र प्रविधिको दुरुपयोगका कारण बालविवाह चुनौतीका रुपमा रहेको छ,’ उपाध्यक्ष खत्रीले भनिन्, ‘गाउँपालिकाले बालमैत्री अभियानहरु सञ्चालन गर्दै बालविवाह मुक्त गाउँपालिका घोषणाका लागि गाउँपालिका निरन्तररुपमा लागिरहेको छ । यस अभियानमा हामीलाई प्लान र स्याक नेपालको पनि सहयोग रहेको छ ।’

No description available.

पुरानो परम्पराका कारण बालविवाह हुने गरे पनि यसमा कुनै धार्मिक कारण नरहेको बताउँदै उपाध्यक्ष खत्रीले सामाजिक मूल्य, मान्यता र अन्धविश्वासलाई परिवर्तन गर्दै बालबिवाह मुक्त गाउँपालिका बनाउन अभियान अनुसार नै वडा नं. ६ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको बताए ।

‘बालबिवाह मुक्त वडा घोषणा गरेपछि अब कार्यान्वयन पनि चुनौतीपूर्ण रहेको छ । वडापालिका पनि कडाईका साथ कार्यान्वयनमा लाग्नुपर्छ,’ उनले भनिन् । यसअघि राप्तीसोनारीको वडा नं. ३ र ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।

No description available.

समाजमा अझै बालबिवाह, देउकी, छाउपडी लगायतका सामाजिक कुरितीहरु व्याप्त रहेको बताउँदै राप्तीसोनारी गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले थारु, मधेसी, मुस्लिम र पहाडी समुदायको बसोबास रहेको राप्तीसोनारीमा सामाजिक कुरिती तथा प्रचलन कम भएर वडा नं.७ बालबिवाह मुक्त घोषणा हुनु निकै सकारात्मक पक्ष रहेको बताए ।

No description available.

उनले समाजमा चेतना र शैक्षिकस्तर बढेसँगै सामाजिक कुरितीहरु पनि हट्दै जाँदा समाजमा सकारात्मक परिवर्तनहरु देखिने बताए ।
बालबिवाह मुक्त बनाउने यस अभियानमा सबैले सहमति पनि जनाएकाले सफलता प्राप्त गर्न सहज भएको वडाध्यक्ष थारुको भनाई छ ।
‘पहिले घरपरिवारले जबर्जस्ती बालविवाह गरिदिन्थे, अहिले बालबालिका आफँै फेसबुकको माध्यमबाट विवाहसम्म पुगेका छन्,’ उनले भने, ‘यसले घरेलु हिंसा, बहुविवाहदेखि आत्महत्याको अवस्थासम्ममा पु¥याएका घटनाहरु भइरहेका छन् ।

यसतर्फ अभिभावकहरु जिम्मेवार र सचेत हुन जरुरी छ ।’ बालविवाहको सङ्ख्या बढाउन मोबाइल र सामाजिक सञ्जाल फेसबुक पनि सहयोगी भएको पाइएको छ ।

बालविवाहविरुद्ध गठित बाल क्लबका पदाधिकारी नै सामाजिक सञ्जालको माध्यमबाट मायाप्रेमको जालमा परी बालविवाह गर्ने गरेका उदाहरण छन् ।

‘हाम्रो वडा बालविवाह मुक्त घोषणा भएको छ । यसको कार्यान्वयन निकै चुनौतीपूर्ण छ,’ वडाध्यक्ष थारुले भने, ‘बालविवाह न्यूनीकरणका लागि वडापालिकामा रहेको समावेशी किशोरी क्लबको सक्रियता अझै महत्वपूर्ण रहेको छ ।’ उनले वडास्तरमा बालविवाहविरुद्ध सचेतना कार्यक्रम गर्ने र बालविवाह रोक्न क्रियाशील रहन आग्रह गरे।

उनले किशोरी क्लबमा आवद्ध सदस्यलाई बालविवाहका घटनाको निगरानी गर्न र बालविवाहको सम्भावित क्षेत्रलाई नक्साङ्कन गरी थप योजना बनाएर अघि बढ्न पनि आग्रह गरे ।

घरपरिवारमा अभिभावकहरूको बेमेल, अभिभावक वैदेशिक रोजगारमा गएका, मोवाइल, इन्टरनेट तथा फेसबुक लगायतका सामाजिक सञ्जालको दुरुपयोग, परम्परावादी सोंच, रुढीवादी मान्यता र अन्धविश्वास, कमजोर आर्थिक अवस्था, बीचमै पढाई छाड्नु साथीको लहलहैमा वा देखासिकीले पनि बालविवाह हुँदै आएका छन् ।

कुनै पनि धर्ममा बालविवाह गर्न छुट नभए पनि मुस्लिम तथा मधेशी समुदायमा सानै उमेरमा बिवाह गरिदिने परम्परा अझै कायमै छ ।
विभिन्न जातजाती र भाषाभाषीसँगै विविधताले भरिएको यस वडामा बालबिवाह गर्ने प्रचलन यहाँका थारु, मधेसी, मुस्लिम, पहाडी समुदायमा पहिलेको तुलनामा अहिले धेरै कमी आएको वडाध्यक्ष थारु बताउँछन् ।

यस्तै, स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले कठीन चुनौतीका बीच वडालाई बालबिवाहमुक्त घोषणा गर्न सफल भएको बताए । वडाले बालबिवाहमुक्त वडा घोषणा गर्न अपनाउनुपर्ने सबै मापदण्ड पुरा गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नं.६ लाई औपचारिक रुपमा बालबिवाहमुक्त वडा घोषणा गरिएको हो ।

No description available.

गाउँपालिकाका उपाध्यक्ष धनीकुमार खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, स्याक नेपालका कार्यसमिति सदस्य कृष्ण गिरी, वडा सदस्य तथा कर्मचारीहरु, महिला बालबालिका शाखा प्रमुख सम्झना दरलामी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु लगायतले बालबिवाहमुक्त वडा घोषणाको प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

No description available.

प्लान, स्याक नेपाल लगायत संघ संस्थासँगको सहकार्य तथा समन्वयमा वडालाई बालबिवाहमुक्त घोषणा गरिएको हो । कार्यक्रममा सत्यपाटी डटकम लगायतलाई सम्मान पत्रसहित सम्मानित गरिएको थियो ।

No description available.No description available.

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार १८:४७