बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
आज एक समारोहका वीच वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । वडामा गरिएको सर्वेक्षण अनुसार बालविवाहमुक्त वडा घोषणा गर्न मापदण्ड पुगेकाले बालविवाहमुक्त वडा बनाइएको हो ।
बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेकोलगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष जनक बहादुर थारुले वालविवाहमुक्त भएका वडालाई पूर्णरुपमा बालविवाहमुक्त गराउन सरोकारवाला निकायले चासो लिनु पर्ने बताए ।
हामी सबैको प्रतिवद्धता : बाल विवाह विरुद्धको साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ भएको घोषणा कार्यक्रमको अध्यक्षता राप्तीसोनारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जनकबहादुर थारुले गरेका थिए । कार्यक्रमममा प्रमूख अतिथि एवं गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही , स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे, कार्यसमिति सदस्य कृष्ण गिरी लगायत विभिन्न पार्टीका प्रतिनिधी लगायतको उपस्थित रहेको थियो ।
वडालाई बालविवाहमुक्त गर्न सहयोग पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसअघि वडा कार्यालयबाट सन्देशमुलक ¥याली निकाली सभामा परिणत भएको थियो ।
।