काठमाडौं । एमाले महाधिवेशनको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले शुल्क निर्धारण गरेको छ।
आयोगले तोकेको शुल्कमअनुसार अध्यक्षमा उम्मेदवारी दिँदा १५ हजार र पदाधिकारीमा उम्मेद्वारी दिनेले १० हजार रुपैयाँ तिर्नुपर्नेछ।
त्यसैगरी, केन्द्रीय सदस्यले ५ हजार, आयोग अध्यक्षले १० हजार, पदाधिकारी तथा सदस्यमा उम्मेद्वारी दिनेले ५ हजार रुपैयाँ तिर्नुपर्ने सूचनामा उल्लेख छ।
यस्तै उम्मेदवारी दरखास्त फारमको दस्तुर १ सय रुपैयाँ तोकिएको छ। उम्मेदवारी दर्ता गर्दा उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ।
।