सूचनाको शक्ति - The Power Of Information

        

ठुलो परिमाणको अवैध सामान बरामद

बाँके । सशस्त्र प्रहरीले ठुलो परिमाणको अवैध सामान बरामद गरेको छ । भन्सार छली गरेर ल्याइँदै गरिएको ठूलो परिमाणमा अवैध लत्ताकपडा नेपालगञ्जबाट बरामद गरिएको हो ।

नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब भुपेन्द्र रोकायको नेतृत्वमा गएको टोलीले भारतबाट भन्सार छली गरेर नेपालगञ्ज १५ पिपराहवा हुँदै ल्याउँदै गरेको ठुलो परिमाणको अवैध लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले जानकारी दिए ।

शनिवार राती २ बजे २ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरी आबश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बमले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतवार १८:१६