सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको प्रदेश सभापतिमा अर्जुनजङ्ग बहादुर सिंहले उमेदवारी दिने

बझाङ । बझाङका नेपाली काग्रेसका नेता अर्जुनजङ्ग बहादुर सिंहले नेपाली काग्रेसको आसन्न प्रदेश अधिबेसनमा सभापतिको उम्मेदवारी दिने बताउनुभएको छ ।

शनिबार संचार माध्यममा बोल्दै सिंहले पार्टीलाई सबल सक्षम मजबुद बनाउनका लागी आफुले उमेदवारी दिने बताउनुभएको छ ।

उहाँले पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा कांग्रेसको संगठन कमजोर बन्दै गएकाले आफुले सबै ठाउँमा कांग्रेसको संगठनमा नयाँ उर्जा दिनका लागी युवाहरुको सहयोग र परिचालनको माध्यामबाट संगठन पुर्नरजागरण गर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवाको बिश्वास पात्रका रुपमा रहनुभएको सिहंले पार्टी भित्र देखिएको गुट उपगुटको अन्त्य गर्न र सबै पक्षलाई मिलाएर लिनका लागी आफु योग्य उमेदवार भएको समेत बताउनुभयो ।

अहिले देखिएका प्रदेश सभापतीका आंकाक्षीहरु मध्ये सबै भन्दा आफु सिनियर भएको बताउँदै आफ्नो सभापतीको दाबी स्वभाबिक भएको बताउनुभयो ।

सिंहले सबै आकाक्षी आफुलाई सर्ब सम्मत रुपमा बनाउन आग्रह गर्दै हिमाल ,पहाड ,तराई नभनिकन सबैको सम्मान हुने कांग्रेस बनाउन आग्रह गर्नुभयो ।

उहाँले पार्टीको संगठनलाई मजबुद बनाउन आफ्नो उम्मेदवारी रहेको बताउदँै सबै जिल्लाका नेता कार्यकर्ता संग समन्वय सम्र्पक भई रहेको समेत बताउनुभयो । नेपाली काग्रेस सुदूरपश्चिम प्रदेश अधिबेसन मंसिर १६ र १७ गते धनगडीमा तोकिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतवार ०९:३०