सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बाँके । बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुरकी ६४ वर्षिया मिसरी थारुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कार्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते भेरी अस्पताल भर्ना भएकी कोहलपुर ११ की थारुको मध्यराती ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

शुक्रबार नै सोही अस्पतालमा उपचाररत कोहलपुरकै ६५ वर्षिय चन्द्रबहादुर कोईरालाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

पछिल्लो मृत्युको विवरणसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार ०९:०२