काठमाडौं । सत्ता घटक नेकपा (माओवादी केन्द्र)लाई पनि आन्तरिक चुनाव लागेकाे छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनकाे उद्घाटन नै गरिसकेकाे र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवादी केन्द्रले पनि पालिका सम्मेलन थालेकाे हाे ।
माओवादी केन्द्रले तत्कालीन नेकपा विभाजनपछि पहिलाे पटक राष्ट्रिय सम्मेलन गर्न लागेकाे हाे । आज शनिबार ७५३ वटा स्थानीय तहमा को अधिवेशन गर्ने भएको छ।
त्यसबाहेक सम्पर्क समन्वय समिति र विशेष समितिकाे पालिकास्तरीय सम्मेलन पनि हुँदैछ । पालिका सम्मेलनकाे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अपराह्न १ बजे भर्चुअल’ सम्बोधन गर्ने छन् ।
माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले पालिका सम्मेलनबाट प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन हुने बताए । पालिका सम्मेलन २५ मंसिरमा हुनेछ ।
माओवादीले ११-१३ पुसमा राष्ट्रिय सम्मेलन आयाेजना गर्दैछ ।
।