काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ।
नेपाल बार एसाेसिएशन र सर्वोच्च अदालत बार एसाेसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाउनुभएको हो ।
प्रधानमन्त्री देउवाले नेपाल बारका पदाधिकारीलाई बिहान साढे १० बजे छलफलका लागि बोलाउनुभएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीलाई भेट्न दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोली जाने उहाँले बताउनुभयो ।
प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दललाई गएको सोमवार बुझाएको धारणापत्र बारले प्रधानमन्त्रीलाई पनि बुझाउनेछ ।
प्रधानन्यायाधीश जबरालाई अवज्ञा गर्दै सर्वोच्चका १९ न्यायाधीशले इजलास बहिष्कार गरिरहेका छन् भने एक महिनादेखि नेपाल बारमा आबद्ध कानुन व्यवसायीहरू आन्दोलनमा छन् ।
यसैबीच, हिजो सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठक पूर्णले गोला प्रक्रियाद्वारा इजलास निर्धारण गर्ने निर्णय गरेको छ।
।