सूचनाको शक्ति - The Power Of Information

        

एमाले महाधिवेशन : चितवनका यी स्थानमा सवारीसाधन प्रवेशमा रोक

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रलाई लक्षित गरी चितवनका केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन समारोह हुँदैछ भने त्यसपछि बन्द सत्रका कार्यक्रममा सौराहामा हुनेछ ।

उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्षनेतादेखि विदेशी पाहुनाको उपस्थिति हुने भएकाले सवारी व्यवस्थापनका लागि केही स्थानमा सवारीसाधन प्रवेशमा रोक लगाइएको हो । पुलचोकदेखि चौबिसकोठी हुँदै केन्द्रीय बसपार्क चोकसम्म, हाकिम चोकदेखि गौरीगन्ज जाने सडक, चौबिसकोठीदेखि त्रिचोक खण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ ।

त्यस्तै, सहिद चोकबाट उत्तर र दक्षिण जाने खण्ड, पुलचोकबाट उत्तर र दक्षिण जाने खण्ड र रमाइलो चोकबाट विशाल चोक निस्किने खण्डमा सवारीसाधान सञ्चालनमा रोक लगाइएको छ । ट्राफिक व्यवस्थापनका लागि भन्दै सार्वजनिक गरिएको नक्सामा रातो धर्को तानिएको सडक खन्डमा सवारी साधनको प्रवेशमा रोक लगाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १४:५१