काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७४ पैसा र विक्रीदर ११९ रुपैयाँ ३४ पैसा पुगेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र विक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ५५ पैसा र विक्रीदर १५९ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता, जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३३ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र विक्रीदर १८ रुपैयाँ ६८ पैसा रहेको बैंकले जनाएको छ ।
यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६५ पैसा र विक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

।