सूचनाको शक्ति - The Power Of Information

        

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा लागू हुने

काठमाडौं । इजलास तोक्ने प्रधानन्यायधिशको अधिकार कटौती गरी गोलाप्रथा प्रणाली लागू गर्ने नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ मंसिर देखि कार्यान्वयनमा आउने भएको छ ।

यसअघि प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबराले पेशी तोक्ने गरेकोमा अब १५ गतेबाट गोलाप्रथा प्रणालीबाट पेशी तोकिने भएको हो ।

सर्वोच्च अदालत प्रशासनले उक्त तयारी अगाडि बढाइएको भन्दै यसबारे न्यायाधीशहरुलाई जानकारी गराएको छ।

यस्तै गोलाप्रथा प्रणाली लागू गर्नेबारे बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक बस्ने भएको छ। फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने जनाइएको छ।

यसअघि गत बिहीबार बसेको फुल कोर्ट बैठकले सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट पेसी तोक्नेसम्बन्धी व्यवस्था भएको सर्वोच्च अदालत नियमावली र निर्देशिका स्वीकृत गरेको थियो।

गोलाप्रथाबाट पेसी तोकिने व्यवस्थासहित सर्वोच्च अदालत नियमावली संशोधनको सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामाको माग गर्दै गत कात्तिक दोस्रो सातादेखि आन्दोलनमा रहेका न्यायाधीशहरु गोलाप्रथाबाट पेसी तोकिने भएपछि शुक्रबारदेखि नियमित सुनुवाइमा फर्केका थिए।

यद्यपि नेपाल बार एसोसियसन भने जबराको राजीनामा माग्दै आन्दोलन चर्काइरहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १८:१८