सूचनाको शक्ति - The Power Of Information

        

सिटिइभिटीले बाँकेका दुईवटा कलेजलाई दियो अनुमति

बाँके । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि बाँकेका दुईवटा कलेजलाई अनुमति दिएको छ ।

देशभर ४५ वटा कलेजलाई अनुमति दिएको परिषदले बाँकेका दुईवटा कलेजलाई पनि प्रमाणपत्र तह नर्सिङका लागि अनुमति दिएको हो ।

नेपालगञ्जको वेष्टर्न हस्पिटल एण्ड रिर्सच सेन्टर र नेपालगन्ज नर्सिङ क्याम्पस कोहलपुरले अनुमति पाएका हुन् । सिटिइभिटीले यी कलेजहरुलाई विद्यार्थी भर्नाका लागि ४० सिट समेत तोकेको छ ।

विद्यार्थी भर्नाका लागि सिट र कलेजलाई अनुमति दिएसँगै सिटिइभिटीले विद्यार्थी भर्न खुला गरेको छ । सिटिइभिटीले विद्यार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थामा मंसिर २८ गतेभित्र आवेदन दिन भनेको छ ।

सिटिइभिटीले पूर्ण शुल्कमा पढ्न चाहने र छात्रवृत्तिमा पढ्न चाहने विद्यार्थीलाई २८ गतेभित्र सिटिइभिटीमा आवेदन दिन भनेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १८:१४